महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

बर्दिबास : महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

बर्दिवास-जलेश्वर सडक खण्डको औरही नगरपालिका-१ औरही बजार चोकभन्दा करिब १५० मिटर उत्तरमा ज १२ प ८८३५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री बर्दिवास नगरपालिका-१२ बिजलपुरा चल्की टोल निवासी ७० वर्षीय इस्लाम अन्सारीको मृत्यु भएको हो।

औरही बजारतर्फ आउँदै गरेका अन्सारीलाई तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिएको थियो। घाइते अन्सारीको औरही नगरपालिका- १ औरही बजारमा रहेको राधाकृष्ण हस्पिटलमा प्रारम्भिक उपचार गरी बर्दिवास अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्य बहादुर राणा मगरले जानकारी दिए।

ठक्कर दिने मोटरसाइकल चालक गौशाला नगरपालिका-६ फुलकहा निवासी अन्केश यादव र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्कर दिने मोटरसाइकलचालक समेत घाइते भएका छन्।

सम्बन्धित समाचार

सबै