लालबन्दी । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, भदौ २९ गते साँझ ५:०० बजेको समयमा सो स्थानस्थित एक खाजा घरमा जुवा (ओखर) खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले घटनास्थलबाट २१ वटा ओखर र नगद ७९ हजार रुपैयाँसमेत बरामद गरेको छ। पक्राउ पर्नेमा पसल सञ्चालिकासहित ८ जना रहेका छन्।
पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी नगरपालिका घार भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६, मुलपानी बस्ने होटल सञ्चालिका ५० वर्षीया टेकु कुमारी थापा मगर, ४० वर्षीया टासी लामा, ४८ वर्षीया विमल सेढाईं, ३४ वर्षीया अञ्जली पुडासैनी, ५४ वर्षीया राधा पौडेल, ५० वर्षीय विजय कुमार दर्लामी, ४३ वर्षीय प्रदिप तामाङ र ४७ वर्षीय आईत राज थेबे रहेका छन्।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।