आजको राशिफलः सिंहलाई शुभ समाचार, धनुको पुनर्मिलन योग

२०८१ असार ३ गते सोमवारको राशिफल

मेषः आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

वृषः आज चिताएको कामले तीव्रता लिनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।

मिथुनः आज शुभकार्यको चर्चा चल्नेछ। मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ। श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ।

सिंहः बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। साँझपख शुभ समाचार आउन सक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

कन्याः आज मनमा प्रसन्नता छाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

तुलाः बौद्धिकताको विकास हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

वृश्चिकः छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ। मानसम्मान प्राप्त हुने सम्भावना छ। शैक्षिक क्षेत्रबाट पनि राम्रो नै हुनेछ।

धनुः आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। पुनर्मिलनको योग पनि रहेको छ।

मकरः सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। इच्छा र आकांक्षा पूर्ण हुनेछन्। मित्र वा आफन्तको सहयोग मिल्नेछ।

कुम्भः कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।

मीनः आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। मुद्दा मामिला आउन सक्छ।

राशिफलजे जस्तो भने पनि तपाईंको दिन मङ्गलमय रहोस्।
(ज्योतिष पण्डित नारायणप्रसाद दुलाल)

सम्बन्धित समाचार

सबै