गाउँलले आपत्तिजनक अवस्थामा भेटेपछि परिवारले बिहे गराइदिए

एजेन्सीः बिहारको मुजफ्फरपुर जिल्लाबाट विवाहको एउटा चकित पार्ने घटना बाहिर आएको छ। जहाँ शारीरिक सम्बन्ध राखेको दुई जनालाई गाउँलेहरूले रंगेहात पक्रेर जबरजस्ती मन्दिरमा विवाह गराइदिएका छन्।

यो बिहे अहिले त्यहाँको पूरै क्षेत्रमा चर्चाको विषय बनिरहेको छ। उनीहरू दुवैलाई रातको अँध्यारोमा गाउँलेहरूले आपत्तिजनक अवस्थामा समातेका बताइएको छ। तत्कालै प्रहरीलाई यसबारे जानकारी गराई दुवैको परिवारलाई बोलाइएको थियो।

गाउँले र परिवारको सहमतिपछि राजामण्डीको प्रसिद्ध भैरवस्थान मन्दिरमा उनीहरूको विवाह गराइएको हो भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ।

कोचिङ सेन्टरमा भएको थियो दुवैको भेट

दुवैको भेट कोचिङ सेन्टरमा भएको थियो। र यहीँबाट उनीहरूको प्रेम फुरेको थियो। र दुवैले गोप्य भेटघाट गर्न थालेका थिए। तर शनिबार दुवैलाई स्थानीयले रंगेहात पक्राउ गरे। सोधपुछका क्रममा प्रेमी जोडीले कोचिङ सेन्टरमा भेट भएको र दुवैले विवाह गर्न चाहेको प्रहरीलाई बताएका थिए।

घटनालाई गम्भीरतापूर्वक लिएर प्रहरीले दुवैका परिवारका सदस्यहरूसँग कुरा गरी दुवै वयस्क भएकाले चाँडोभन्दा चाँडो विवाह गर्न आग्रह गरेको थियो। र त्यहाँको प्रसिद्ध भैरवस्थान मन्दिरमा दुवैको परिवारले उनीहरूको विवाह गराइदिएका थिए।

आफूहरूबीच पाँच महिनादेखि प्रेम सम्बन्ध चलिरहेको प्रेमीले बताए। दुवै जना सँगै कोचिङमा पढ्छन् र विवाह गराइदिएका पण्डित लक्ष्मणदेव ठाकुर पाण्डेले प्रहरी चौकीमा दुवैको उमेर जाँच गरेपछि मन्दिरमा प्रेम विवाह भएको बताए।

सम्बन्धित समाचार

सबै