सर्लाहीसहित तराईबाट आँप ल्याएर काठमाडौँमा मेला

काठमाडौँ । सर्लाहीसहित नेपालका तराई भेगबाट ल्याएर काठमाडौँमा पहिलो पटक आँप मेला सुरु भएको छ।

‘नेपालको उत्पादनलाई समर्थन गरौँ, ताजा र स्वादिलो आँपको आनन्द उठाऊँ’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि राजधानीको वालनत विष्ट्रो, उत्पाला क्याफे र ललितपुरको द हेरिटेज गार्डेनमा आँप मेला भएको हो।

मेला किसान भेन्चर र काठमाडौँ अर्गानिक्सको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।

असार ९ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका सर्लाही, सप्तरी र सिरहाका ५० जनाभन्दा बढी किसानहरूबाट आँप खरिद गरी ल्याएको छ।

मेलामा मालदह, जर्दा, बम्बै, गुलाब खास, आम्रपाली, कलकत्तिया, दशहरीलगायत १५ प्रकारका आँप र आँपबाट उत्पादन गरिएका परिकार राखिएको छ।

सम्बन्धित समाचार

सबै