एसईई नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

गोडैता : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुँदैछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म नतिजा सार्वजनिक हुने भएको हो ।

हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक काम बाँकी भएकाले आज सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएको छ ।

गएको चैत १५ देखि २७ गतेसम्म भएको एसईई परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएको छ ।

यस वर्ष सर्लाहीबाट भने एसइईमा १० हजार आठ सय ९६ परीक्षार्थी सहभागी भएका थिए। शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ६ हजार सात सय ८३ छात्रा र चार हजार एक सय १३ छात्रले परीक्षा दिएका हुन्। जसमध्ये एक सय ५८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिएका छन्। सर्लाहीका एक सय पाँच सामुदायिक र ४५ संस्थागत विद्यालयका छात्रछात्राले यस वर्ष एसइईमा सहभागिता जनाएका थिए।

यसरी हेर्न सकिन्छ :

सम्बन्धित समाचार

सबै