मलंगवाः वर्षाका कारण यातायात व्यवस्था कार्यालय सर्लाहीभित्र मुल फुटेर कामकाज प्रभावित भएको छ।
कार्यालयले आफ्नो फेसबुक पेजमा केही तस्वीरहरू राख्दै वर्षा कारण कार्यालय परिसर डुबेको र आज कामकाज हुन नसक्ने जनाएको हो।
गएराति भारी वर्षा भएका कारण कार्यालयभित्र पानीको मुल फुटेर प्रत्येक कोठा पानी जमेको छ।
कम्प्युटर तथा इलेक्ट्रोनिक डिभाइसहरूसमेत भिजेर कामकाज बन्द गर्नुपर्ने अवस्था पुगेको कार्यालयले जनाएको छ।