एजेन्सी : भारतको बिहारको सिवान जिल्लामा एकै दिन तीन वटा पुल भत्किएको छ।
यसअघि हिजो पनि सारण जिल्लामा पनि दुई वटा पुल भत्किएको थियो। धेरै वर्ष पुराना पुलहरू जीर्ण भइसकेकाले भत्किएको त्यहाँका अधिकारीहरूले बताएका छन्। जनतालाई समस्या नपरोस् भनेर प्रशासन र सरकारले चाँडोभन्दा चाँडो नयाँ पुल निर्माण गर्ने प्रयास गरिरहेको उनीहरूले जनाएका छन्।
बिहारको सिवान जिल्लाको महाराजगञ्ज ब्लकमा आज तीन ठाउँमा पुल भत्किएको हो।
देवरिया पञ्चायतमा सन् १९९८ मा सांसद कोषमा ६ देखि १० लाखको लागतमा निर्माण भएका गण्डकी नदीका दुई वटा पुल भत्किएका थिए। सोही ब्लकको सिकन्दरपुर गाउँको छडीमा बनेको तेस्रो पुल पनि भत्कियो छ।
दश दिनअघि पनि पाटेधी गारौली पुल भत्किएको थियो। पानीको तीव्र बहावका कारण माटोको कटानका कारण पुल भत्किएको बताइएको छ। पुल भत्किएपछि किसान वा सर्वसाधारणलाई कुनै समस्या नपर्ने भन्दै सरकार र प्रशासनले तत्कालै निर्माण कार्य भने बढाएको छ।
सारण जिल्लामा हिजो दुई वटा पुल भत्किए
हिजो पनि सारण जिल्लामा यस्तै घटना भयो। एकै दिन दुई वटा पुल भत्किएका छन्। दुवै पुल एउटै क्षेत्रमा रहेका र एकअर्काबाट करिब १ किलोमिटर टाढा रहेका समाचारहरूमा जनाइएको छ।
जनता बजार थाना क्षेत्रस्थित धोधनाथ मन्दिर नजिकैको गण्डक खोलामा रहेको पहिलो पुल पानीको तीव्र बहाव सहन नसकेर भत्किएको थियो। नदीको तीव्र बहावले पुलको एउटा पिलर बगाएको छ।
तत्कालीन विधायक धुमल सिंहको सिफारिसमा सन् २००४ मा यो पुल निर्माण भएको थियो।
दोस्रो पुल यस पुलबाट करिब १ किलोमिटर पर थियो। यो पुल गण्डक नदीमा बनेको हो। यो पुल बेलायती शासनकालमा निर्माण भएको गाउँलेहरूले बताएका छन्। पुल बनेको समय सय वर्षभन्दा बढी रहेको बताइएको छ।
यो पुल पनि मनसुनको पहिलो भारी वर्षाका कारण नदीको तीव्र बहाव थाम्न नसकेर नदीमा डुबेको थियो। पुल भत्किएपछि पुलको दुवै छेउमा रहेका गाउँसँगको सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ।