सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु

सर्लाही : सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।

जिल्लाको दुधौली नगरपालिका-६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश र बासुराम कुमारका ६ वर्षीय छोरा संजलको पोखरीमा डुबेर मृत्यु भएको हो।

चुरे उत्थानशील आयोजनाले पोखरी निर्माण गरी अलपत्र छाड्दा सो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

उपचारका लागि नगर हस्पिटल सिर्थौली लगिएकोमा दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै