भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु, धेरैजसो रुखमुनि बसेका थिए

एजेन्सी : भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु भएको छ। यो विवरण पछिल्लो २४ घण्टाको भएको त्यहाँका अधिकारीहरूले जनाएको छ।

पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ।

‘विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीनरतीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एक/एक जनाको मृत्यु भएको छ’, विहारको मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वर्षाको समयमा खेतमा काम गर्ने र रुखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ।

हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ।

सम्बन्धित समाचार

सबै