मौलापुर : रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको मौलापुर–८ की ५५ वर्षीय धरोहरी देवीको आज (बिहिवार) चट्याङ मृत्यु भएको हो । खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लागिएको प्रहरी जनाएको छ।