देशभर वर्षाः सर्लाहीसहित ३७ जिल्लामा बाढीको जोखिम

लालबन्दी : देशभर अविरल वर्षाका कारण बाढीको जोखिम बढेको छ।

नेपालमा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (दक्षिण भूभाग–सिमाना आसपास) रहेको मनसुन न्यून चापीय रेखा नेपालतिर सर्न थालेसँगै देशभर वर्षा भइरहेको छ।

बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र बढ्दो अवस्थामा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कम्तीमा ३७ वटा जिल्लामा बाढीको जोखिम रहेको छ।

महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासीका पूर्व र पश्चिम, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ।

सम्बन्धित समाचार

सबै