सर्लाहीसहित यी जिल्लाहरूमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौँ : लगातारको वर्षासँगै देशका सानाठूला केही नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। आज पनि सर्लाहीसहित देशभरका विभिन्न स्थानका साना ठूला सबै नदीको जलसतह बढ्ने चेतावनी जारी गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, सोलुखुम्बु, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, कैलाली र कञ्चनपुर भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने अनुमान छ।

यी जिल्ला भई बहने केही साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाको अनुमान छ।

यस्तै, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप र म्याग्दी भई बहने अधिकांश साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ।

सम्बन्धित समाचार

सबै