सिरहामा सर्पले डस्दा सर्लाहीकी युवतीको मृत्यु

सर्लाही : सिराहाको चोहर्वामा सर्पको डसाइबाट एक युवतीको मृत्यु भएको छ।

सर्लाहीको पर्सा गाउँपालिका, सङग्रामपुर घर भई सिराहाको गोलबजार नगरपालिका–८,चोहर्वा बस्ने ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो।

चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो। उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनलाई चाहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो। रासस

सम्बन्धित समाचार

सबै