
चितवन : चितवनको भरतपुर महानगरपालिका २८ मा एक भारतीय नागरिककाे शव फेला परेको छ ।
नारायणी नदी किनारमा घाेप्टाे परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ ।
उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्ड र भारतीय रासन कार्डबाट परिचय खुलेको हो।
मृतक घोप्टो परेको र आधा शरीर बालुवामा गाडिएको अवस्थामा भेटिएका छन्।
शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेकाे बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ । पुष्टि गर्न बाँकी छ ।