त्रिशुलीमा पहिरोले लगेको दुई यात्रुबहाक बसमा सवारमध्ये २४ जनाको शव भेट्टिएको छ।
तीमध्ये दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा भेटिएको हो। भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर दुई जना असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशुलीमा खसेका थिए।
बगेर चम्पारण पुगेका पुरुषको शव नेपालतर्फ ल्याएको छ। सशस्त्र प्रहरीका अनुसार १५ जनाको सनाखत भएको छ भने ९ जनाको अझै सनाखत हुन बाँकी छ। जसमा ७ जना पुरुष र दुई जना महिला छन्।
सनाखत भएकामध्ये दुई जना सर्लाहीका रहेका छन्।
यी हुन् सनाखत भएका १५ जनाको नाम र ठेगाना
१ ऋषिपाल शाह, भारत
२ विकाश परियार, चितवन
३ रमितकुमार माझी, सर्लाही
४ जयप्रकश ठाकुर, भारत
५ सजाद अन्सारी, भारत
६ सुदिप विक, चितवन
७ प्रमानन्द पण्डित, बारा
८ किशोरकुमार चौधरी, गणपति डिलक्सको चालक ।
९ अशोककुमार यादव, रौतहट
१० ऋषिकुमार सिंह, रौतहट
११ विवेक कुमार, भारत
१२ जितेन्द्रराम महरा, सर्लाही
१३ चन्द्रप्रभा कुमारी, पर्सा
१४ अमृता कुमारी, रौतहट ।
१५ तुल्सी दास, रौतहट यमुनामाई गाउँपालिका-५