मुस्ताङमा पहिरोमा पुरिएर सर्लाहीका युवकको मृत्यु

सर्लाही : मुस्ताङमा ढिस्कोले पुरिएर सर्लाहीका एकजनासहित २ जना कामदारको मृत्यु भएको छ।

घरपझोङ गाउँपालिका ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा शुक्रबार अचानक ढिस्को झरेर उनीहरू पुरिएका थिए।

मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका-१५ (चिसापानी) का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका १ घर भएका २३ वर्षकै रवि दर्लामी रहेका छन्।

उनीहरूको घटनास्थलमै मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए।

दुवै शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

सम्बन्धित समाचार

सबै