
सिन्धुली : सिन्धुलीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
जिल्ला सदरमुकाम सिन्धुलीबाट जिल्लाकै गोलन्जोर-३ ग्वाल्टारतर्फ जाँदै गरेको प्रदेश-२-०२-००१ ह-१३७१ नम्बरको अटो बन्दिजोर खोला नजिक पर्ने काप्रेमा दुर्घटना हुँदा कमलामाई नगरपालिका-१३ की ३५ वर्षीया मन्दिरा पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।
अटो अनियन्त्रित भई सडकबाट झण्डै ३० मिटर तल खसेको थियो। घाइते ७ जनाको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।
अटो र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।