सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

चन्द्रनगर : राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिव्यवस्था राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।

गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै उखु काट्न प्रयाेग हुने दबियाले टाउकामा प्रहार गरी रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिएको छ।

उनको राति १ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो। प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ भने थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

८० वर्षीय राय ३० बर्षअघि पूर्व राजा ज्ञानेन्द्र शाहकाे पालामा भूमिव्यवस्था राज्यमन्त्री भएका थिए।

सम्बन्धित समाचार

सबै