देशभर ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य

काठमाडौँ : देशभर कुखुराको मासुको मूल्य घटेको छ।

साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो।

असारमा ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए।

अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ।

यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ६० रुपैयाँ थियो। हाल दुई सय ५० रुपैयाँ मूल्य रहेको उनको भनाइ छ।

सम्बन्धित समाचार

सबै