भतेरीमा ट्रक र कन्टेनर ठोक्किएः वीरगञ्जका चालकको मृत्यु

काठमाडौँ : नारायणगढ – मुग्लिन सडकको भतेरी भन्ने स्थानमा हिजो शुक्रबार कन्टेनर र ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन्।

भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै