सर्लाहीमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

धनकौल : सर्लाहीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको धनकौल गाउँपालिका–१, धोबिनिया टोल बस्ने सुरेन्द्र महतोका १० वर्षीय छोरा बजरङ्गीको करेन्ट लागेर मृत्यु भएको हो। बालकलाई आफ्नै घरको आँगनमा राखिएको टेबल पङ्खाबाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

करेन्ट लागेर गम्भीर घाइते बालकको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। मृतक बालकको शव सोही अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै