स्कुल बस दुर्घटना हुँदा आमा छोराको मृत्यु

लालबन्दी : पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटना हुँदा आमा छोराको मृत्यु भएको छ।

३३ वर्षिया आमा आरती बिक र पढ्न गएका ६ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको हो।

आरती सोही विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिइन्।

विद्यार्थी बोकेर एलपी देवकोटा विद्यालयतर्फ जाँदै गरेको स्कुल बस थुन्कु भन्ने ठाउँमा ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

दुर्घटनामा चालकसहित २४ जना घाइते भएका थिए। दुर्घटनामा घाइते भएका विद्यार्थीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै