धनुषामा कुटपिटबाट ४५ वर्षीय पुरुषको हत्या, श्रीमती घाइते

जनकपुरधामः धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ।

धनुषाधाम नगरपालिका-२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको हो। उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर भने घाइते भएकी छन्।

सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

सम्बन्धित समाचार

सबै