
जनकपुर : धनुषाको कमला नदीमा आज एक्कासि आएको बाढीमा फसेका तीन जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।
सबैला नगरपालिकाको–१३ किरतपुरस्थित कमला नदीमा फसेका सोही ठाउँका १७ वर्षीय राजेश यादव, ४० वर्षीय नथुनी यादव र शिवराम साफीलाई उद्धार गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुन्दर चौलागाईंले बताए।
उनीहरूलाई कमला नदीको बीच भागबाट उद्धार गरिएको उनले जानकारी दिए। आज बिहान दाउरा संकलन गर्न गएका उनीहरूलाई बाढीले बगाएको थियो।
सबैला नगरपालिकाबाट खटिएका नगर प्रहरी र सशस्त्र प्रहरी बेस क्याम्प रघुनाथपुरको सहयोगमा उनीहरूलाई लाइफ ज्याकेट, ट्युब र डोरीको सहायताले उद्धार गरिएको थियो।