एमाले सांसदको आरोपः तराईका आपराधिक घटनामा राजनीतिक दलका मानिस संलग्न छन्

काठमाडौँ : सत्तारुढ नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले तराईमा हुने आपराधिक घटनामा राजनीतिक दलका मानिसहरू नै संलग्न रहेको आरोप लगाएका छन्।

बुधवार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो आरोप लगाएका हुन्।

तराईका नेताहरुले कुनै न कुनै रुपमा त्यहाँ हुने आपराधिक गतिविधिमा सम्बन्ध राखेका कारण प्रहरीले त्यहाँको अपराध नियन्त्रण गर्न नसकेको सांसद पन्तको जिकिर थियो।

उनले सबै राजनीतिक दलका मानिसहरुको तराईमा आपराधिक गतिविधिमा सम्बन्ध भएकाले त्यहाँको अपराध नियन्त्रण गर्न सरकारले सो विषयमा विशेष ध्यान दिनुपर्ने बताए।

सांसद पन्तले खुला सीमानाको नियमनका कडाई गर्न सके पनि नेपालको तराई क्षेत्रमा हुने आपराधिक गतिविधिमा आधा घटाउन सकिने दाबीसमेत गरे।

केही दिनअघि मात्रै सर्लाहीमा धारिलो हतियार प्रयोग गरी पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको थियो।

सम्बन्धित समाचार

सबै