
२० साउन २०८१ आइतबारको राशिफल
मेषः नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला।
वृषः आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। मङ्गल र शुभ कार्यमा सरिक भइनेछ। बजारको यात्रा पनि हुनेछ।
मिथुनः आज लाभहानि, सुखदुःख बराबरी मध्यम खालको दिन छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। सफल यात्राको योग पनि छ।
कर्कटः आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। सामाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। दैनिक कार्यमा प्रगति हुनेछ।
सिंहः आफन्तका बीचमा खटपट र शंका उब्जनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। मनमा निराशा र शरीरमा आलस्य आउला।
कन्याः आज शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। वशिष्ठ व्यक्तिको साथ पाइनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला।
तुलाः आज शुभ कार्यमा सरिक भइनेछ। नयाँ बिजनेश प्लान बन्नेछ। आफन्तसँग भेटघाट पनि हुनेछ, तर यातायात वा वाहनमा खर्च भने बढ्नेछ।
वृश्चिकः लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। कुनै कुराले मनमा शान्ति छाउला। अचल सम्पत्तिको कारोबार हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
धनुः आज मनमा दुबिधा उत्पन्न हुनेछ। मानसिक चिन्ता बढ्नेछ। मालसामान हराउन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।
मकरः आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। स्वादिष्ट भोजन पाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।
कुम्भः आज दैनिक कार्यमा सफलता पाइनेछ। राजनीतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम सम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ।
मीनः इनाम र प्रतिष्ठा कमाउने बेेला छ। घरमा अतिथिको आगमन हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनुपर्छ।
( ज्योतिष पण्डित नारायणप्रसाद दुलाल)