माछा मार्न खोज्दा करेन्ट लागेर सिन्धुलीमा एक जनाको मृत्यु, साथीहरू बेपत्ता

कमलामाई : सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिच्यानीका २७ वर्षीय नवीन धामी दनुवार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार आज नवीन, सोही ठाउँका ५० वर्षीय जंगबहादुर धामी र ५१ वर्षीय इन्द्र सापकोटा विद्युतीय तारको प्रयोग गरी स्थानीय बंका खोलामा माछा मार्न गएका थिए।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई दुधौली नगर अस्पताल सिर्थौली पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका काफ्लेले जानकारी दिए। मृतक नवीनको साथमा गएका जंगबहादुर र इन्द्र सम्पर्कमा नरहेका प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

सम्बन्धित समाचार

सबै