काठमाडौँ : ललितपुरको धापाखेलबाट एक महिनाअघि हराएका युवक अझै भेटिन सकेका छैनन्।
सिरहाको कल्याणपुर नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका-२३ धापाखेल बस्दै आएका २० वर्षीय अरुणकुमार शर्मा असार २५ गतेबाट बेपत्ता भएका थिए।
त्यस दिन राति ७ बजेदेखि परिवारको सम्पर्कमा नरहेपछि खोजीका लागि प्रहरीमा खबर गरे पनि अहिलेसम्म नभेटिएका उनका छिमेकी दाजु प्रमोद साहले बताएका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले साहको खोजी भइरहे पनि अवस्था पत्ता लाग्न नसकेको बताए।
शर्मा राति ७ बजेतिर साथीको कोठामा जान्छु भनेर आफ्नो कोठाबाट निस्केका थिए। त्यसपछि साथीको कोठामा पुगेको समेत पत्ता लागेको तर त्यहाँबाट आफ्नो कोठामा फर्किन्छु भनेर निस्केपछि बेपत्ता भएका थिए।
अरूणको मोबाइलसमेत अफ भएकाले खोजीमा कठिनाइ भएको छ।