सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने रौतहटका युवक पक्राउ

रौतहटः सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

रौतहट माधवनारायण नगरपालिका-१ बस्ने २४ वर्षीय रमेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

साहले सर्वसाधारणसँग रकम असुल गर्न खोज्नुका साथै विभिन्न व्यक्तिहरूको जिउ खानतलासी समेत गर्दै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

चेकजाँचको क्रममा उनको झोलाभित्र सशस्त्र प्रहरी बलको तयारी हालतमा रहेको पोसाकसमेत बरामद भएकोले अभद्र व्यवहार मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै