
सिरहा : १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिराहाबाट एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहाको कर्जन्हा नगरपालिका–४ वडहराका २२ वर्षीय सुशील सदा रहेका छन् ।
इलाका प्रहरी कार्यालय बन्दीपुरको टोलीले लुकिछिपी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको सिराहाका एसपी रमेश पण्डितले जानकारी दिए।
भदौ १४ मा राति उनले १५ वर्षीया बालिकालाई बलात्कार गरेको उनीमाथि आरोप छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।