सिरहामा अवैध रूपमा काटिएको सालको काठ बरामद

लहान : सिरहामा वन रक्षक टोलीले अवैध रूपमा कटान गरिएका सालका काठ बरामद गरेको छ।

मंगलबार बिहान २ बजेतिर बन्दीपुरस्थित सब डिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले चुरे वन क्षेत्रबाट अवैध रूपमा कटान गरी ल्याएको सात थान चिरान काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानले जनाएको छ।

विशेष सूचनाका आधारमा गएको गस्ती टोलीले बेवारिसे अवस्थामा बरामद गरेको विभिन्न साइजको सात थान चिरान काठ बरामद गरी लहानस्थित डिभिजन वन कार्यालय ल्याएको जनाएको छ।

सम्बन्धित समाचार

सबै