
सप्तरी : सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका-१ का २५ वर्षीय सबिन राई रहेका सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानले जानकारी दिए ।
उनका अनुसार आज मंगलबार बिहान साढे ६ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका-५ स्थित पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ८१८१ नम्बरको क्लिङकर लोड गरेको १२ चक्के ट्रक सडकबाट करिब २० मिटर तल खसेको हो।
ट्रकभित्र च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।