रूखको हाँगो भाँचिएर गुडिरहेको मोटरसाइकमा सवार एक जनाको मृत्यु

सांकेतिक तस्वीर

हरिवनः बारामा रूखको हाँगाले लागेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार दिउँसो निजगढ नगरपालिका-१० स्थित लालगाउँबाट रतनपुर जाँदै गरेको प्र२–०२–०१७ प ९६३५ नम्बरको मोटरसाइकलमाथि रूखको हाँगो बज्रिँएको हो।

हाँगाले लागेर निजगढ नगरपालिका-११ का सुमन बम्जनकी श्रीमती २२ वर्षीया अस्मिता मोक्तानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकलमा सवार निजगढ नगरपालिका-११ निवासी १८ वर्षीय सन्देश बम्जन र २२ वर्षीया विनिता ब्लोन घाइते भएका हुन्।

सम्बन्धित समाचार

सबै