काठमाडौँ : सिन्धुलीमा बिहीबार बिहान भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ।
सिन्धुली अस्पतालमा उपचारका क्रममा दुर्घटनामा घाइते भएका पवन मंसाग्री मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसअघि दुर्घटनामा सिन्धुलीकै गोलन्जोर गाउँपालिका-६ निवासी करिब ४० वर्षीय पृथ्वी भुजेल र ४२ वर्षीय उदय मगरको मृत्यु भएको थियो।
सिन्धुलीकै तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो बिहीबार बिहान सवा ९ बजेतिर बीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका-४ मा सडकबाट खसको थियो।
बोलेरो चालक टीकाराम राईको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये धेरैको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ।