ईश्वरपुर : प्रहरी महानिरीक्षककै पत्र कीर्ते गरेर ठगी हुन थालेको छ।
तालिमबाट भागेका एक प्रहरी जवानलाई पुर्नबहाली गराउने भन्दै महानिरीक्षकको पत्र कीर्ते गरी ठगी गरेको आरोपमा सर्लाहीका मधुसूदन झा र इलामका भक्तबहादुर लिम्बुलाई पक्राउ गरी प्रहरी वृत महाराजगञ्जले लिखत कीर्ते मुद्दा दायर गरेको छ।
प्रहरीको प्राविधिक जवान पदमा भर्ना भएपछि तालिमबाट भागेका सर्लाही ईश्वरपुरका निवाश चौधरीलाई पर्नुवहाली गरी गरिदिने भन्दै उनीहरुले तीन लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन्।
त्यसका लागि उनीहरुले चौधरीलाई तालिम गराउन भने महानिरीक्षकको सचिवालयले लेखेको पत्र तयार गरेका थिए। त्यतीमात्र होइन महानगरीय प्रहरी शिक्षालयको नियुक्तिपत्र समेत कीर्ते गरेका थिए।
२०७८ सालमा जवानमा भर्ना भएका चौधरीले दुई वर्षपछि तालिम गरेका थिए। तालिममा गाह्रो भएपछि उनी भागेका थिए।
प्रहरीले उनलाई सेवाबाट हटाएको थियो। पछि उनका बुबाले पुनः प्रहरीमा जागिर लगाउने प्रयास गर्दा चौधरी परिवार ठगिएको हो।