सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारमा कार दुर्घटना हुँदा एक जना घाइते भएका छ्न् भने तीनजना बेपत्ता भएका छ्न्।
कारमा सवारमध्ये ३२ वर्षीय सुशान्त कक्षपति उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ।
कारमा चालकसहित चार जना सवार रहेको घटनास्थलमा रहेका हाम्रा संवाददाताले जनाएका छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका जगातीका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा र चालक अनिल बाके बेपत्ता भएका छन्।
खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको उक्त कार शनिबार करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो।
अहिले गोताखोर परिचालन गरी कारलाई बाहिर निकाल्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।
