लालबन्दी: ईश्वरपुर नगरपालिकास्थित फूलजोर खोला नजिकै पानीमा डुबेर मृत्यु भएका किशोरको परिवारलाई ५ लाख रुपैयाँ दिने सहमति भएको छ।
सखुवनीमा फुटबल खेल्न साथीसँगै जाने क्रममा ईश्वरपुर नगरपालिका-४ सागरनाथका जीतबहादुर थापा मगरका १७ वर्षीय छोरा निशानको शनिबार दिउँसो मृत्यु भएको थियो।
निशान्त डुबेको उक्त खाडल सखुबनीस्थित श्याम सुन्दर महतोको क्रसर उद्योगले खनेको हो।
हिजो साँझ इलाका प्रहरी कार्यालय केशरगन्जमा ईश्वरपुर-४ र ५ का जनप्रतिनिधि, स्थानीय अगुवा, क्रसर उद्योग सञ्चालक र पीडित परिवारबीच उक्त सहमति भएको प्रहरीले जनाएको छ।
उक्त छलफलमा क्रसर उद्योगले लापरवाही ढंगले खाल्डो खन्दा घटना भएको भन्दै मृतकको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमति भएको हो। सहमतिपछि मृतकको
शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।
मृतकका बुवा रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेकाले उनी आएपछि मात्रै शव पोष्टमार्टम गरिने भएको छ।
खाडलमा डुबेर मृत्यु भएका निशान्तको शव निकाल्न बर्दि बासबाटसशस्त्र प्रहरी बलको गोताखोर टोली नै बोलाउनुपरेको थियो।