होस्टल व्यवसायी संघको शंखमुल-आलोकनगर समिति गठन


काठमाडौं: होस्टल व्यवसायी संघले क्षेत्रीय समितिहरू विस्तार गर्ने क्रममा आइतबार शंखमुल–आलोकनगर समिति गठन गरेको छ।

महेन्द्र ओलीको संयोजकत्वमा गठन गरिएको उक्त समितिको सहसंयोजकमा भाइकाजी महर्जन, सचिवमा सिर्जना भुसाल र कोषाध्यक्षमा दीपक बानियाँ चयन भएका छन् ।

यस्तै सदस्यहरूमा शोभा राउत, रामचन्द्र सुवेदी र गीता थापा चयन भएका छन् ।

भेलाले आवश्यकताअनुसार कार्यसमिति र क्षेत्रीय समितिमा सदस्यहरू थप गर्न सक्ने निर्णय पनि गरेको छ।

भदौ ६ गते संघको बुद्धनगर भेलाले यज्ञराज नेपालको संयोजकत्वमा बुद्धनगर क्षेत्रीय समिति गठन गरेको थियो।

आज भएको शंखमुल-आलोकनगर क्षेत्रीय भेलाको अध्यक्षता काठमाडौं जिल्ला अध्यक्ष हिक्मत बहादुर थापाले गरेका थिए भने केन्द्रीय उपाध्यक्ष भीम भण्डारी प्रमुख अतिथि रहेका थिए।

त्यसगरी कार्यक्रमलाई जिल्ला सचिव जुनु ढकालले सञ्चालन गरेकी थिइन्।

सम्बन्धित समाचार

सबै