
लालबन्दी : सिन्धुलीमा खोलाले बगाउँदा एक युवकको मुत्यु भएको छ।
आइतबार साँझ ६ बजेतिर चुनिया खोलाले बगाउँदा मरिण गाउँपालिका-७ दधिदमारका २८ वर्षीय ज्ञानबहादुर भोलनको मृत्यु भएको हो।
बाख्रा चराई घर फर्कने क्रममा उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।