लालबन्दी: भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर फरार भएकी एक जनालाई प्रहरीले आइतबार लालबन्दी-१७ बाट पक्राउ गरेको छ।
सर्लाही जिल्ला अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई १० वर्षदेखि फरार लालबन्दी नगरपालिका–१७, रानिगन्जकी ६१ वर्षीय मनकुमारी पूर्वछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।
२०७१ साल फागुन ८ गते उनलाई सर्लाही जिल्ला अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी ६ महिना कैद र ३ लाख ५५ हजार ४८८ रुपैयाँ १ पैसा जरिवाना तोकेको थियो।
पूर्वछानेलाई फैसला कार्यान्वयनका लागि सर्लाही जिल्ला अदालत मलंगवा पेस गरिएको छ।