वीरगञ्जः बिलबिजक नभएका एक करोड बढी मूल्यका सामान बरामद

वीरगञ्ज : वीरगञ्जमा एक करोड ३१ लाख १५ हजार छ सय ९८ मूल्य पर्ने बिलबिजक नभएका औषधि तथा लत्ताकपडासहित सामान बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–८ स्थित घण्टाघरबाट दुई वटा ट्रकसहित सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

बिलबिजकभन्दा धेरै सामान बोकेका लत्ताकपडा र औषधि बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरिएकामा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए।

प्रदेश ७–०१–००१ ख ३०८८ र ना ३ ख ५१६५ नम्बरको मालवाहक ट्रकबाट कपडा, औषधि र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै