मौसमः देशका विभिन्न स्थानमा बदली, मधेशमा राति हल्का वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर साधारणतया बदली भइरहेको छ।

आइतबार राति देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि जनाइएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

पछिल्लो २४ घण्टामा जनकपुरमा २ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।

यसैगरी भोलि सोमबार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने जनाइएको छ।

सम्बन्धित समाचार

सबै