
महोत्तरी : महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता छन्।
काठमाडौँमा बस्ने उनी कामको सिलसिलामा जनकपुर पुगेपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ।
उनको खोजीका लागि पीडित परिवारले स्थानीय प्रशासनसमक्ष हारगुहार गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए।
सोही दिन दिउँसो ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताएकी छन्। प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ।