वीरगन्ज : संविधान खारेजीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका आम जनता पार्टी (आजपा) का केही नेता र कार्यकर्ता पक्राउ परेका छन्।
बिहीबार वीरगन्जमा आजपाले संविधानको अन्त्येष्टि यात्रा निकालेको थियो।
त्यसै क्रममा प्रहरीले उक्त पार्टीका केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहा, नेताहरू श्रीभगवान् पटेल, लालबाबु मन्सुरी, किरण यादव, सुनिल साह , राकेश बैठा, सन्देश साह, सन्ध्या पासवान लगायत नेताहरूलाई पक्राउ गरेको हो।
आजपा केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रवक्ता डा. हेमप्रसाद साहले प्रहरीको धरपकड र हस्तक्षेपको भर्त्सना गर्दै पक्राउ परेका नेताहरूलाई यथाशीघ्र रिहा गर्न माग गरेका छन्।