काठमाडौंमा लागूऔषधको कारोवार गर्दै आएका सर्लाहीका एकसहित ६ जना पक्राउ

गोडैता : नेपाल प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले १ लाख ८० हजार ४३० ट्रामाडोल क्याप्सुलसहित उनीहरूलाई आज सार्वजनिक गरेको हो।

सुरुमा उदयपुर घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ३० वर्षका बहादुर राईलाई बागमती करिडोर सडक किनारबाट ९ सय क्याप्सुलसहित पक्राउ गरिएको थियो। उनको कोठा खानतलासी गर्दा थप ३३ हजार ६ सय क्याप्सुल ट्रामाडोल बरामद भएको थियो।

यस्तै, सर्लाहीको हरिपुर-१ का विपिनकुमार महतोलाई कागेश्वरी मनोहराबाट ५३ हजार ९०० क्याप्सुल ट्रामाडोल र नित्रजेपाम ट्याब्लेट ८९२ सहित पक्राउ गरिएको हो। पर्वतका बालकृष्ण अधिकारीलाई नयाँ बसपार्कस्थित सडक किनारबाट ९ हजार क्याप्सुल ट्रामाडोलसहित पक्राउ गरिएको हो।

उनले उक्त क्याप्सुल सम्झना रोक्काबाट खरिद गरी बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुल्न आएपछि उनलाई समेत पक्राउ गरिएको छ। उनको कोठामा खानतलासी गर्दा थप ट्रामाडोल क्याप्सुल ८३ हजार तथा नगद २ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ।

उनलाई उक्त लागूऔषध बिक्री गर्ने बाराका ३४ वर्षीय प्रदीप सर्राफलाई पनि काठमाडौँको टोखाबाट र उनीसँग कारोबार गर्ने काठमाडौँको डल्लुका मनमोहन श्रेष्ठलाई पनि पक्राउ गरिएको छ।

उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै