
गोडैता : पञ्चाङ्ग निर्णायक समितिले २०८१ सालको घटनास्थापनादेखि देवी विसर्जनसम्मका शुभ साइतहरूको समय सार्वजनिक गरेको छ।
जसअनुसार असोज १७ गते बिहीबार परेको घटनास्थानाको शुभ साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको जनाइएको छ।
त्यस्तै असोज २४ गते बिहीबार फूलपाती भित्र्याउने उत्तम साइत बिहान ७ बजेर ११ मिनेटमा र विजयादशमी तथा देवी विसर्जनको साइत ८ बजेर ३३ मिनेटमा रहेको समितिले आज जारी गरेको सूचनामा जनाएको छ।
त्यस्तै यसपालि असोज २६ गते शनिबार ११ बजेर ३६ मिनेटमा टीकाको साइत रहेको सूचनामा उल्लेख छ। यसैगरी टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने पनि समितिको सूचनामा जनाइएको छ।