बारामा जंगली हात्ती मृत अवस्थामा फेला

बारा : बारास्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ।

जिल्लाको कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोल्हबीले जानकारी दिएको छ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ। हात्तीको सुडमा सामान्य खतसँगै केही रगतको टाटा देखिएको छ। माथिबाट देखिएको हात्तीको शरीरमा कुनै घाउ खत देखिएको छैन। जेसीवी मगाएर हात्तीलाई अर्को तर्फ पल्टाउने काम हुँदैछ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै