अत्यधिक गर्मी बढेपछि महोत्तरीको एक स्थानीय तहद्वारा विद्यालय बन्द गर्ने निर्णय

लालबन्दी : अत्यधिक गर्मी भएपछि महोत्तरीको एक स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। पछिल्लो साता मधेश प्रदेशमा चर्को घाम लागेर अत्यधिक गर्मी बढेको छ।

महोत्तरीको मनराशिशवा नगर कार्यपालिकाले यस्तो निर्णय गरेको हो। जसअनुसार नगरपालिकाले आजदेखि ६ दिनसम्म विद्यालय बिदा दिने सूचना गरेको हो। महोत्तरीमा असोज सङ्क्रान्तियता ४५ डिग्री सेल्सियस तापक्रम रहँदै आएको छ।

गर्मी बढेर बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरूको स्वास्थ्यलाई ध्यान दिँदै ६ दिन बिदाको निर्णय गरिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए। यसअघि गत जेठमा पनि मनराशिशवासहितका जिल्लाका सबै स्थानीय तहले गर्मी छल्न सात दिन बिदा दिएका थिए।

मनराशिशवा नगर कार्यालयले गर्मी छल्न बिदा दिएपछि जिल्लाका अन्य स्थानीय तहले पनि बिदा दिने तयारी गरेका छन्।

सम्बन्धित समाचार

सबै