किताब बेच्न सर्लाही आए महावीर पुन, भोलि बिहानदेखि हरिवनमा बिक्री सुरु गर्ने

लालबन्दी : नेपाली वैज्ञानिक तथा समाजसेवी शिक्षक महावीर पुन सर्लाही आइपुगेका छन्।

अहिले सर्लाहीको हरिवनमा आफू रहेको र भोलि बिहानबाट आफूले लेखेको पुस्तक बिक्री गर्ने उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘सर्लाही जिल्लाको हरिवन बजार आइपुगें। भोलि बिहान ७ बजेदेखि सगुन सहकारी अगाडिको चोकमा किताब बेचिनेछ। किताब किन्न चाहने संघ संस्था, स्कुल र बैंकहरूले सम्पर्क गर्नुहोला – महावीर पुनः ९८४१५९२३६१

यसरी विभिन्न स्थानमा गएर आफ्नो पुस्तक बिक्री गर्दै पुनले राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरिरहेका छन्।

सम्बन्धित समाचार

सबै